काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार ६१२ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।
आइतबारसम्म मुलुकभर रहेका १९ हजार ९६३ सक्रिय संक्रमितमध्ये १३ हजार ६१२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ९ हजार २९ जना संक्रमित होम आइसोलेसनमा छन्।
त्यसैगरी, प्रदेश १ मा १ हजार ५३८, प्रदेश २ मा ३०९, गण्डकी प्रदेशमा एक हजार ३०, लुम्बिनी प्रदेशमा ७७१ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी कर्णाली प्रदेशमा ९० जना र सुदूरपश्चिम प्रदेशमा ८४५ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्याकमा उल्लेख छ ।