आज: १३ बैशाख २०८२, शनिबार | Sat, 26, Apr, 2025

लायन्स क्लब अफ काठमाडौँ दर्पणद्वारा बृहत रक्तदान एवं निशुल्क डाइबेटिज स्क्रिनिङ कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर२२ कार्तिक २०७७, शनिबार २३:२२ मा प्रकाशित (४ साल अघि) ६३० पाठक संख्या

काठमाडौं /लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ दर्पणले काठमाडौँको  शिवचोकमा खुल्ला रक्तदान एवं निशुल्क डाइबेटिज स्क्रिनिङ क्याम्प सञ्चालन गरेका छन्।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको कारण अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगत अभावका कारण समस्या उत्पन्न नहोस भनेर आयोजित रक्तदान कार्यक्रममा  २०५ जनाको डाइबेटिज स्क्रिनिङ गरेको र ३९ पिन्ट रगत संकलन भएको लायन  राजन ठकुरीले जानकारी दिए ।

उक्त रक्तदान कार्यक्रमम लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ इमिडेट पास्ट प्रेसिडेन्ट लायन अनन्त प्रसाद भेटुवाल, डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ ,लायन  लायन  श्याम कुमार यादव , लायन  रेनु श्रेष्ठ , लायन्स क्लब अफ काठमाडौँ दर्पणका वर्तमान प्रेसिडेन्ट लायन हरीकृष्ण पुडासैनी  , लायन  राजन ठकुरी लगायत रक्तदाताको उपस्थिति रहेको थियो।