आज: १७ बैशाख २०८२, बुधबार | Wed, 30, Apr, 2025

गोकर्णेश्वर नगरपालिकाको कोभिड -१९ मनोपरामर्श सम्बन्धी सार्वजनिक सुचना

गोकर्णेश्वर खबर२१ कार्तिक २०७७, शुक्रबार १५:५९ मा प्रकाशित (४ साल अघि) १६६५ पाठक संख्या

काठमाडौं, कार्तिक २०।  गोकर्णेश्वर नगरपालिकाले कोभिड -१९ मनोपरामर्श सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ  ।

उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका क्षेत्र भित्र विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ सम्बन्धि बिरामीहरुको मानसिक  स्वास्थ्यलाइ ध्यानमा राखी निजहरुको मनोबल बृद्दि गराउन एबम रोग बिरुद्द लड्ने हौसला बृद्दि गर्नको लागि नगरपालिकाका तर्फ बाट मनोविमर्श सेवा उपलब्ध हुदै आइरेहेको उल्लेख गरिएको  छ ।

साथै कोभिड रोग बाट विजय प्राप्त गरेको नागरिकहरुको अनुभब र अपनाएको उपायहरुका बारेमा सन्देश आदानप्रदान व्यवस्था समेत गरिएको हुँदा यस प्रकारको सेवा लिन इच्छुक महानुभाबहरुले सम्पर्क गर्नको लागि अनुरोध गरिएको छ।

सम्पर्क ब्यक्ति

सुस्मिता कुइकेल  मनोपरामर्श दाता : ९८४९०७८०४१