आज: १३ बैशाख २०८२, शनिबार | Sat, 26, Apr, 2025

लायन्स क्लब अफ काठमाडौं दर्पणले शनिबार रक्तदानको साथै मधुमेह सचेतना कार्यक्रम गर्ने

गोकर्णेश्वर खबर२१ कार्तिक २०७७, शुक्रबार १५:३५ मा प्रकाशित (४ साल अघि) ५२२ पाठक संख्या

काठमाडौं , लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तरगतको लायन्स क्लब अफ काठमाडौं दर्पणले  रक्तदान कार्यक्रमको साथै मधुमेह सचेतना दिने भएको छ।  नियो निम्बस बचत तथा तथा ऋण सहकारी संस्था  कागेश्वरी मनोहरा नगरपालिका ६ संगको सहकार्यमा कार्तिक २२ गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ७ शिव चोक स्थित डुकु कम्प्लेक्समा बिहान १० बजे देखि दिउसो २ बजे सम्म  स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सुरक्षित तवर बाट आयोजना हुने उक्त रक्तदान  कार्यक्रममा सहभागी भई रक्तदान गर्नको लागि आयोजकले अनुरोध गरेको छ।

नेपालमा पनि बिभिन्न कार्यक्रम गरि उक्त दिवस मनाउने  गरिन्छ। विश्व मधुमेह दिवसको पुर्व सन्ध्यामा  लायन्स क्लब अफ काठमाडौं दर्पणलेकार्तिक २२ गते शनिबार डुकु कम्प्लेक्समा  मधुमेह  सचेतनाका कार्यक्रम  समेत  राखिएको एरिया कोर्डिनेटर लायन अच्युत बिष्टले  बताए  ।