काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धले कार्तिक १८ गते सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ ।
जस अन्तर्गत कार्तिक १८ गते थप १२ जनामा कोरोना संक्रमण भेटिएको अध्यक्ष दिपेन्द्र लामाले जानकारी गराए ।
योसँगै अहिलेसम्म काठमाडौं महानगरपालिका वडा नं ६ मा ३९० जना महिला र ४३९ जना पुरुष गरि कुल ८२१ जना संक्रमित भेटिएको जनाइएको छ।
२४३ जना होम आइसोलेसनमा,१४ जना अस्पतालकोआइसोलेसन रहेको र ५६२ जनाले कोरोना जितेको पनि जानकारी गराए । हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६ मा १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी गराएका छन ।