आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १,८७८ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१९ कार्तिक २०७७, बुधबार १७:०६ मा प्रकाशित (४ साल अघि) ५८३ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा देशभरका संक्रमितमध्ये आधाभन्दा धेरै संख्या देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ७८ जनामा कोरोना संक्रमण भएको छ ।

काठमाडौंमा १ हजार ५ सय ७० जना, भक्तपुरमा १ सय १९ जना र ललितपुरमा १ सय ८९ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

देशैभर पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ३ हजार ८ सय ४४ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ३ सय ९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । संक्रमितमध्ये १ लाख ४४ हजार ९ सय ७८ जना कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ३० जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ ।