आज: ६ बैशाख २०८२, शनिबार | Sat, 19, Apr, 2025

वीर अस्पतालको इमेर्जेन्सीमा कार्यरत डाक्टरले दिए सामूहिक राजीनामा

गोकर्णेश्वर खबर१९ कार्तिक २०७७, बुधबार १६:५० मा प्रकाशित (४ साल अघि) ४५८ पाठक संख्या

काठमाडौं । वीर अस्पतालको इमेर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा ध्यान नदिएको भन्दै १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् ।

कोरोना महामारीको समयमा आफूहरुले पाउनुपर्ने भत्तासमेत नपाएपछि उनीहरुले सामूहिक राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । पत्रमा लेखिएको छ, ‘माहामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ ।’

धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, सेवा सुविधा उपलब्ध नगराएको चिकित्सकहरुले गुनासो गरेका छन् । तर, राजीनामा स्वीकृत नहुँदासम्म काम गरिरहने चिकित्सकहरुको भनाइ छ ।