आज: ९ बैशाख २०८२, मंगलवार | Tue, 22, Apr, 2025

भारतीय सेनाध्यक्ष नरवणे आज नेपाल आउँदै

गोकर्णेश्वर खबर१९ कार्तिक २०७७, बुधबार ०९:१३ मा प्रकाशित (४ साल अघि) ५२२ पाठक संख्या

काठमाडौं – भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे आज बुधबार नेपाल आउँदैछन्।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणका लागि नरवणे नेपाल आउन लागेका हुन्।

नरवणेलाई मानार्थ महारथी सम्मान गरिँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेलाई बिहीबार मानार्थ महारथी सम्मान दिने कार्यक्रम तय भएको छ।

नरवणेले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

उनी कात्तिक २१ गतेसम्म नेपाल रहनेछन्।

करिब ७० वर्षदेखि नेपाल भारतीय सेनाबीच मानार्थ महारथी सम्मान आदानप्रदानको कार्यक्रम हुँदै आएको छ। भारत स्वतन्त्र भए देखि नै कार्यक्रम निरन्तर हुँदै आएको हो।

सेनाध्यक्ष नरवणेको भ्रमण २०७६ माघ २० गतेका लागि नै तय भएको थियो। तर, बन्दाबन्दीका कारण उनको भ्रमण रोकिएको सेनाको भनाइ छ।

नरवणे कालापानी लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन्। उनले चीनको उक्साहटमा नेपालले सो सीमा विवाद निकालेको दाबी गरेका थिए।