आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

काठमाडौंमा ११ वर्षीया बालिकामाथि बलात्कार

गोकर्णेश्वर खबर१८ कार्तिक २०७७, मंगलवार १६:१७ मा प्रकाशित (४ साल अघि) ४८८ पाठक संख्या

काठमाडौंमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक भारतीय पक्राउ परेका छन्।

भारत घर भई काठमाडौं महानगरपालिका-१७ धोबिचौर डेरा गरी बस्ने ४५ वर्षीय मुजबिल अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

बालिकालाई बलात्कार गरेको भन्ने खबर पाएपछि महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले अन्सारीलाई पक्राउ गरेको थियो।

नलाई उनको डेराबाट पक्राउ गरेको थियो।

‘अन्सारी र बालिकाकी बुवा एउटै ठाँउमा काम गर्ने हुन्,’वृत्तका डिएसपी दीपक खड्काले भने। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।