काठमाडौं । काठमाडौंको तिनकुनेमा बागमती नदीको पुलमुनि एक पुरुषको शव भेटिएको छ ।
अन्दाजी ३०/३२ वर्षका पुरुषको शव सड्न थालेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।
टिसर्ट र हाफ पेन्ट लगाएका व्यक्तिको शव कम्तीमा पनि ५ दिन पुरानो रहेको प्रहरीको अनुमान छ ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । ती व्यक्तिको पहिचान गर्ने र मृत्युको विषयमा अनुसन्धान गर्ने काम सुरु भइरहेको एसएसपी ज्ञवालीले जानकारी दिए ।