संजय पोखरेल
काठमाडौं ,कार्तिक १४ / चीनको वुहानबाट फैलिएको (कोभिड–१९) कोरोना भाइरसले यतिबेला विश्वनै आतिकिंत बनेका छन् । चीन सहित विश्वका विभिन्न ठुला राष्ट्का नागारिक समेत कोरोनाको सिकार बनिसकेको छ ।नेपाल पनि यो रोगबाट अछुतो भने रहेन । कोरोना भाइरसको महामारी नेपालमा पनि फैलिन थालेपछि सरकारले रोग नियन्त्रणका गर्नका लागि चैत्र ११ गतेबाट देशनै लकडाउन गर्यो तर सो रोग नियन्त्रणमा आउनु भन्दा लक डाउनका कारण धेरै जना प्रभावित बने अन्तत सरकारले लकडाउन खुकुलो बनाउदै लग्यो । लकडाउन खुकुलो हुदै जाँदा संक्रमण थप फालिएको छ ।लकडाउन भए देखिनै सामाजिक कार्यमा अग्रसर बनिरहेका मासिक सय अभियानका अभियन्ता सजंय पोखरेल पनि कोरोना संक्रमण बाट जोगिन सकेनन । लामो समय होम आइसोलेसनमा बसेका उनि २७ दिन पछि कोरोनालाइ जितेका उनले कोरोना संग लड्दै गर्दाको सकसपूर्ण अनुभबलाइ यसरि चित्रण गरेका छन्। उनि लेख्छन
”कोभिड १९ सङ्ग २७औ दिन निरन्तर लडिरहदा मन भित्रका कुराहरुलाइ पोख्ने जमर्को गरेको छु। कोरोना सङ्क्रमित ब्यक्ति संग प्रत्यक्ष सम्पर्कमा आए पछि सचेत भएर कोरोना परिक्षण गर्नु अगाडि नै होम आइसोलेशनमा बस्ने निर्णय गरे।घरमा ८८ वर्षिय हजुर आमा जसरी भए पनि उहाँलाई सुरक्षित राख्नुपर्ने जिम्मेवारी मेरो काधमा थियो नै। यस कारण्ले पनि कुनै लक्षण नहुदै पनि होम आइसोलेशनमा बस्दै गर्दा ५ दिन पछि कोरोना जाच गरे अन्तत रिपोर्ट पोजेटिभ नै आयो ।
रिपोर्ट पोजेटिभ देख्ने बित्तिकै पनि मनमा डरको कुनै अनुभुति नै भएन पहिलो सोच अब छिटो निको भएर प्लाज्मा दान गर्नुपर्छ भन्ने आयो र दोस्रो घर परिवारलाइ कसरि कोरोना मुक्त राख्ने भन्ने चुनौति थपियो । त्यसपछि कोरोना पोजेटिभ भएको कुरा सार्वजनिक गर्नै निर्णय गरे। रोग लुकाएर होइन देखाएर समाजको सामना गर्छु भन्ने बिचार आयो | देश विदेशका साथिभाइ, इष्टमित्रहरुको माया, सद्भाव बर्सिन थाल्यो, यसले गर्दा दिनहरु बितेको पत्तै भएन।
रोग सँग लडदै लडदै अगाडि बढ्न अलि सजिलो भयो । ५/७ दिन सम्म त म मा कुनै लक्षण नै थिएन , जब सातौ दिनको साझ १०२ सम्म ज्वरो आयो, टाउको बेस्सरि दुख्यो एकै चोटि २ वटा सिटामोल खाएर सुते।एउटा बन्द कोठामा एक्लै ज्वरोले हनहनि हुँदा आत्तिएको म। घर परिवारलाइ भनि हाल्ने आट भएन॥ त्रास मात्र बढ्ने हो उपाए के नै छ र मैले सोचे।
आत्मबल दरो बनाउछु सहन्छु भन्दै गर्दा पनि मन कहाँ मान्थ्यो र ? मन डराउन थाल्यो। त्यो रात पसिनाने पुरै शरिर भिजेको थियो। धेरै सकस सङ्ग बिताए।बिहान उठदा ठीक हुदै गएको महसुस भयो मन पनि हल्का भयो ।बिपि सङ्ग्रालयका अध्यक्ष पसुराम पोखरेलले आफु कोरोना भएको समयको कुराहरु बताएर नडराउन बारम्बार हौसला दिइरहनु भयो।त्यस्तै नेपाल मेडिकल कलेजका ल्याब टेक्निसियन साथि सँजय आचार्यले मलाइ घर मै आइ औषधि तथा परामर्स दिनुभयो उहाँहरु प्रति आभार छु ।
दिनहरु यसरि सामान्य बित्दै थियो घर परिवारको चिन्ता घटेको थिएन। आफ्नो भन्दा पनि आफ्नाको चिन्ता ले म बढी कमजोर भएको थिए। मेरो पोजेटिभ आएको ६ दिनमा श्रीमती को कोरोना जाँच गर्दा नेगेटिभ आयो ,त्यो सुन्दा अलिकति भए पनि चिन्ता कम भयो । घर परिवारको चिन्ता कम भएपछि कोरोना जित्न अब सजिलो हुने सोचे ।कोरोनाको प्रभाव कम हुदै गएको महसुस गर्दै गर्दा एक्कासि बेलूका छाति दुखेको जस्तो भयो अलि चाडै सुते तर रातको ११ बजे छाती दुख्न थाल्यो सास फेर्न गार्हो भयो अनि मुख बाट स्वर नै नआएको जस्तो भयो।२ दिन अगाडि मात्र भान्दाइ लाइ अक्सिजनको कमिले सास फेर्न गार्हो भै हस्पिटल लैजाने क्रममा निधन भएको घटना सम्झे झसङग भए।
खल खल पसिना आयो झ्याल खोलेर टाउको बाहिर निकाले लगभग १० मिनेट पछि कम हुदै आयो ।यो रात पिडादायक भयो मेरो । १२ दिनको दिन आखा रातो न रातो भएर आयो यो क्रम ३ दिन सम्म रह्यो । ठिक हुदै जानु पर्ने समयमा पनि लक्षण हरु देखा पर्न छोडेन । घरमा यसरि बन्दि झै दिनहरु बिताउने क्रममा म सङ्ग सङ्गै पोजेटिभ हुनुभएका हास्य कलाकार तथा सामाजिक अभियन्ता श्री कृष्ण सिम्खडा दाइ, इस्ट्पोल स्कुलका सह प्राचार्य (समाजसेवि, सङगम टोल सुधार समितिक अध्यक्ष) प्रकाश अधिकरि सर , जिवन चालिसे दाइ, स्वस्तिक अधिकारि दाइ, पवित्रा अधिकारि दिदि, सामना आचार्य दिदि, बिकाश श्रेस्ठ, लागायत अन्य साथिहरु सङ्ग दैनिक जस्तो आफ्नो कोरोना अनुभव साटा साट गर्न पाउदा दिनहरु सहजै बिते ।
हामिहरु त भाग्यमानी रहेछौ यो मनेमाकि मैले फोन गरेर हालचाल बुझ्ने सिलसिलामा कति साथिहरुको कसैले पनि फोन समेत नगर्ने, छर छिमेकिले कोठा बाहिर छत सम्म जादा नि छि छि , दुर दुर गरेर अमानविय ब्यवहार गरेको, घरमा सब परिवार होम आइसोलेशन मा बस्दा दैनिक उपयोग सामग्रि तथा औषधि समेत ल्याइदिने कोहि नहुदा रोगले भन्दानि शोकले गर्दा मानिसहरूमा पीडा थियो। यस्तो समयमा पनि सामाजिक तिरस्कार को सामना गर्नु परेको सुन्दा मन कटक्क हुनु सायद स्वाभाविक होला।
१७ दिन पछि पनि फेरि कोरोना रिपोर्ट पोजेटिभ आयो तर पनि अझ हरेस खाइन मैले । मनोबल उच्च बनाउने कोसिस गरे र चाडै ठिक हुनेछु र मैले गरेको अठोट पुरा गर्नेछु प्लाज्मा दान को माध्यम बाट कोरोना बिमारिको लागि रक्तदान गर्ने अनि कोरोना जितेका साथिभाइहरुलाइ पनि अभिप्रेरित गर्ने यो कार्य पुरा गर्नको लागि आतुर भएको छु म । २७ दिन सम्म होमाइसोलेशन मा बस्दै गर्दा देश सम्झे, सरकार सम्झे, स्थानिय निकाय सम्झे, साथीभाइले खपेको दुख पिडा सम्झे, अनि हाम्रो पिछडिएको समाज कति साघुरो छ मानवता हराएको महसुश गरे । यहि समाजले गर्दा कतिले रोग लुकाएर हिडेका छन त कति कोरोना ब्यक्ति खुलेआम हिडेका छन ।
२७औ दिनसम्म कोरोन सङ्गको सकसपुर्ण यात्रा गरेको मैले यो समाजलाइ आग्रह गर्न चाहे कि तपाइको घर छिमेकमा कोरोना पोजेटिभ जो कसैलाइ समस्या त परेको छैन……? यदि समस्य परेको देख्नु भयो, सुन्नु भयो भने यस्तो महमारिको समयमा मानविय सेवा गरौ । मानविय सेवानै सबभन्दा ठुलो धर्म हो ।