आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

विप्लव समुहका कार्यालय सचिव शङ्करसिंह महरा पक्राउ

गोकर्णेश्वर खबर१४ कार्तिक २०७७, शुक्रबार १०:०९ मा प्रकाशित (४ साल अघि) ४४२ पाठक संख्या

कञ्चनपुर – नेत्रविक्रम चन्द समूहको कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव २७ वर्षीय शङ्करसिंह महरालाई प्रहरीले पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

बैतडी कटौजपानी गाँउपालिका २ सिल्लेगढा घरभै महरा हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १८ गोबरैया बस्दै आएका महरालाई जबर्जस्ती चन्दा र विभिन्न घटनामा संलग्न रहेको आरोप छ।