गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेद्वारा बाच्छा बाच्छी संरक्षण केन्द्रमा खाद्यान्न सहयोग
गोकर्णेश्वर खबर१३ कार्तिक २०७७, बिहीबार २१:५९ मा प्रकाशित (४ साल अघि)११३० पाठक संख्या
काठमाडौं / असाहय बाच्छा बाच्छी संरक्षण केन्द्र गोठाटारमा खाद्यान्न सहयोग गरिएको छ। दशैंको समयमा खाद्यान्न कमि नहोस भन्ने उदेश्य सहित गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले रु. १० हजार बराबरको पिठो, पिना, दाना, नुन लगायतका खाद्यान्न सहयोग गरेका छन ।
२०७७ असोज ९ गते नवमीका दिन उहाँको तर्फबाट सहयोग गरेका हुन् । उक्ता खाद्यान्न समाजसेवी रोज बिष्टले हस्तान्तरण गरेका थिए।
बडादशैंको रौनकमाझ असहाय गाईबाछाप्रति चासो राख्ने मेयर सन्तोष चालिसे लगायत सबैप्रति असहाय गाईबाछा संरक्षण अभियानका तर्फबाट कृतज्ञता अर्पण गरेको छ।