काठमाडौं– पूर्ववाणिज्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा वीर अस्पताल भर्ना भएका छन् ।
कोरोना भाइरसको संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएकोेले उनलाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव टेकबहादुर विश्वकर्माले जानकारी दिए ।
पूर्वमन्त्री विश्वकर्मालाई ५–६ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि उनी चिकित्सकको सल्लाहअनुसार औषधी खाएर होम आइसोलेसनमा बसेका थिए ।
औषधी खाँदा पनि ज्वरो नओर्लिने, खोकी लागिरहने, गाह्रो हुने भएपछि पूर्वमन्त्रीलाई अस्पताल भर्ना भएको टेकबहादुरले जानकारी दिए ।