काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । कोरोना संक्रमणपछि अवस्था गम्भीर बन्दै गएपछि उनलाई हेलिकप्टरबाट हेटौँडाबाट काठमाडौं ल्याइएको छ । उनको गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा उपचार हुनेछ ।
मुख्यमन्त्री पौडेललाई लक्षणसहितको कोरोना संक्रमण भएको थियो । उनकी श्रीमती विजया पौडेललाई पनि कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वास्थ्यमा थप जटिलता आउन नदिनका लागि काठमाडौं ल्याइएको उनको सचिवालयले जनाएको छ ।