आज: १७ बैशाख २०८२, बुधबार | Wed, 30, Apr, 2025

गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेद्वारा जलदेबी मन्दिरको उद्घाटन

गोकर्णेश्वर खबर२ कार्तिक २०७७, आईतवार ०६:०७ मा प्रकाशित (४ साल अघि) ९९१ पाठक संख्या

काठमाडौं , गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा साबिक बालुवा गा बि स वाड ३ मा  निर्माण भएको जलदेबी मन्दिरको उद्घाटन भएको छ।  गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा मन्दिरको उद्घाटन भएको हो।

 

कार्यक्रममा नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, वडा अध्यक्ष राजेन्द्र भण्डारी, मुरारी भण्डारी, उद्दव बिष्ट, गोकुल बिष्ट, किरण बिष्ट, कृष्णप्रसाद भण्डारी, दिपक थापा लगायत प्रतिनिधिहरुको उपस्थित रहेको थियो।

सहयोगी हातहरुलाई गोकर्णेश्वर नगरपालिका वडा अध्यक्ष राजेन्द्र भण्डारीले धन्यवाद  दिनु भएको छ।

स्थानीय जनप्रतिनिधिहरुको भरपुर्ण साथ र सहयोगले आज सुन्ताखानको मुहार फेरिएको छ।