काठमाडौं । कोरोना भाइरसका संक्रमित बढेसँगै सरदर मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १९ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ९४ पुगेको छ ।