रुपन्देही – लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै शुक्रबार नै लुम्बिनी प्रदेश सभाका कानुनमन्त्री कुलप्रसाद केसीलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरो आएपछि मन्त्री केसीले शुक्रबार बिहान लुम्बिनी अस्पताल बुटवलमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
अहिले सभामुख घर्ती मगर सरकारी निवासमै आइसोलेशनमा बस्नुभएको छ । कानुनमन्त्री कुँवर पनि मन्त्री निवासमै आइसोलेशनमा बस्नुभएको छ ।