आज: १२ बैशाख २०८२, शुक्रबार | Fri, 25, Apr, 2025

अस्पताल लैजाँदै गर्दा तुलसीपुर-१३ का वडाध्यक्षको मृत्यु

गोकर्णेश्वर खबर२३ आश्विन २०७७, शुक्रबार १५:५३ मा प्रकाशित (४ साल अघि) ३८४ पाठक संख्या

तुलसीपुर, असोज २३ : तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लैजाने क्रममा शुक्रबार बिहान साढे १० बजे बाटोमै मृत्यु भएको हो।

नेपाली कांग्रेसबाट निर्वाचित ६५ वर्षीय न्यौपानेलाई केही दिनदेखि ज्वरो, टाइफाइड तथा निमोनिया भएको थियो।