काठमाडौं । नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको छानबिन गर्न माग गरेको छ ।
असोज २० गते त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि केन्द्रीय क्याम्पस परिसरमा भौतिक आक्रमण भएको थियो । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले प्राज्ञिक थलोलाई राजनीतिक थलो बनाउन नहुने बताए ।