काठमाडौं । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यका केन्द्रित भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ९६ जना, भक्तपुरमा ९५ जना र लतिलपुरमा २ सय ९३ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा १ हजार ६ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।