आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

डा. गोविन्द केसीको समर्थनमा गोकर्णेश्वरको जोरपाटीमा प्रदर्शन

गोकर्णेश्वर खबर२१ आश्विन २०७७, बुधबार ०६:३१ मा प्रकाशित (४ साल अघि) ६१८ पाठक संख्या

काठमाडौं , युथ अफ गोकर्णेश्वरको आयोजनामा  जोरपाटी चोकमा अनसनरत डाक्टर गोबिन्द केसीको समर्थनमा प्रदर्शन  गरेको छ । डाक्टर केसी को माग बारे सरकारको ध्यानाकर्षण गराउन आयोजित उक्त कार्यक्रममा गोकर्णेश्वर नपाका प्रमुख  सन्तोष चालिसे , वडा नं  ९,८,६,५ का वडा अध्यक्षहरु क्रमस राजिब थापा, मनोज ढुङ्गाना, रमेश अर्याल र नारायण सुबेदीको उपस्थिती रहेको थियो ।

 

त्यस्तै सो  कार्यक्रमा नेपाली काङ्ग्रेस महासमिती सदस्य बिमल ठकुरि, काङ्ग्रेस नेता एवम लायन्स लिडर कुमार राज सुबेदी, स्थानिय नेता शन्भु अधिकारी, युबा नेता बुद्व रिसाल लगायत स्थानिय जनताको बाक्लो उपस्थिती रहेको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस  काठमाडौं  क्षेत्र नम्बर ३ का सभापती तथा गोनपा का प्रमुख  सन्तोष चालिसे, कांग्रेसको सूचना, सन्चार तथा प्रचार प्रसार बिभागको केन्द्रिय सदस्य बिमल ठकुरीले डा केसिको मागलाई सम्बोधन गर्न सरकारलाई दवाब दिएका छन ।

त्यस्तै  कार्यक्रममा वडा अध्यक्षहरु मनोज ढुङ्गना, नारायण सुबेदी लगायतले  सम्बोधन गरेका थिए । सयौको सहभागिता रहेको सो  बिरोध कार्यक्रम करिव  १ घन्टा चलेको थियो ।