काठमाडौं । नेकपा केन्द्रीय सदस्य तथा बागमती प्रदेशको प्रदेशसभा सदस्य नारायण सिलवाललाई पनि कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका हुन् ।
उनले लेखेका छन्, ‘असोज १३ गते रातिदेखि शरीरमा केही असहजता सृजना भएको थियो । १४ गतेदेखि ज्वरो देखा पर्यो । त्यसपछि घरमै बसेको थिएँ । १६ गते परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । म घरमै अलग्गै बसेको छु । मेरो अवस्था सामान्य छ । कुनै लक्षण पनि छैन ।’
शनिबार प्रधानमन्त्रीका सचिवालय सदस्य र कांग्रेसका नेतामा पनि कोरोना संक्रमण देखिएको थियो ।