आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

सिरहाका कोरोना संक्रमित पुरुषको एम्बुलेन्समै ज्यान गयो

गोकर्णेश्वर खबर१६ आश्विन २०७७, शुक्रबार १६:१७ मा प्रकाशित (४ साल अघि) २९३ पाठक संख्या

सिरहा । सिरहाका एक कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको एम्बुलेन्समै ज्यान गएको छ । सुखीपुर नगरपालिका वडा नम्बर ( २ का ५५ वर्षीय पुरुषको ज्यान गएको हो ।

विराटनगरको नोबेल मेडिकल कलेजबाट थप उपचारका लागि विराटतर्फ लग्ने क्रममा ती पुरुषको एम्बुलेन्समै ज्यान गएको बुझिएको छ । उनको गत सोमबारदेखि नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा बिहीवार साँझ उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि थप उपचारका लागि विराटको आइसोलेशनमा रेफर गरेको थियो । आइसोलेसनमा लैजान लाग्दा एम्बुलेन्समै उनको ज्यान गएको आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए ।

उनका अनुसार मृतकमा श्वासप्रश्वास र निमोनियाको समस्या देखिएको थियो ।