आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

सुरक्षाकर्मीमा कोरोना : दुई जनाकाे निधन, ८ हजारभन्दा बढीमा संक्रमण

गोकर्णेश्वर खबर१६ आश्विन २०७७, शुक्रबार १५:५८ मा प्रकाशित (४ साल अघि) २८२ पाठक संख्या

काठमाडौं । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलमा गरी देशभर कोरोना संक्रमित सुरक्षाकर्मीको संख्या ८ हजार ६४ पुगेको छ । संक्रमितमध्ये नेपाल प्रहरीका सबैभन्दा बढी ४ हजार ३ सय ७८ जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमणका कारण दुईजना सुरक्षाकर्मीको निधन भएको छ । निधन भएका दुवैजना नेपाल आर्मीका सिपाही दर्जाका सुरक्षाकर्मी रहेका छन् ।

नेपाली सेनामा २ हजार ४ सय ६४ र सशस्त्र प्रहरीका १ हजार २ सय २२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये नेपाल प्रहरीका १ हजार ८ सय १०, सेनाका १ हजार ६ सय ६३ र सशस्त्रका २ सय ८७ जना संक्रिय संक्रमित रहेका छन् ।

प्रहरीमा २ हजार ५ सय ६८ जना संक्रमणमुक्त भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै नेपाली सेनामा ७ सय ९६ जना कोरोना संक्रमणमुक्त भएका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सशस्त्र प्रहरी बलमा ९ सय ३५ जना कोरोना संक्रमणमुक्त भएका प्रवक्ता डिआइजी राजु अर्यालले जानकारी दिए । सबै सक्रिय संक्रमितको अवस्था सामान्य रहेको छ ।