आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

नेपालमा पछिल्लो २४ घन्टामा १,९११ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१५ आश्विन २०७७, बिहीबार १६:२६ मा प्रकाशित (४ साल अघि) ५०३ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा केन्द्रित भएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा १ हजार ९ सय ११ जनामा संक्रमण देखिएको जानकारी दिए । संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

संक्रमितमध्ये ५७ हजार ३ सय ८९ जना निको भएर घर फर्किएका छन् भने ५ सय ९ जनाको ज्यान गएको छ ।