काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । काठमाडौं महानगरपालिकाले अहिलेसम्म ७० जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको जनाएको छ । सबैभन्दा धेरै वडा नं. ४ बालुवाटार र वडा नं. ५ टंगालमा ६-६ जनाको ज्यान गएको छ ।
कोरोना संक्रमितको संख्या पनि बढेको छ । आजसम्म महानगरभित्र संक्रमितको संख्या ८ हजार ७ सय ६६ पुगेको छ । त्यसमध्ये २ हजार ७ सय ५३ जना निको भएर घर फर्किएका छन् ।
कुन ठाउँमा कति संक्रमित र मृत्यु ?