आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

गोकर्णेश्वर खबर११ आश्विन २०७७, आईतवार ०६:५० मा प्रकाशित (४ साल अघि) ३२२ पाठक संख्या

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बतायो।

‘आइतबार बैठक बोलाउनुपर्ने त्यस्तो विशेषत केही थिएन। त्यसमा पनि राति नै खबर आएको छ’, स्रोतले भन्यो,’प्रधानमन्त्रीले केही अपरझट परेर नै बोलाउनुभएको होला।’

समान्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्छ।

सोमबार नसकिएका एजेण्डाबारे छलफल गर्न बिहीबार बस्ने चलन छ।