आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

लायन्स क्लव इन्टरनेशनलद्धारा स्वास्थ्य सामग्री बितरण

गोकर्णेश्वर खबर३१ भाद्र २०७७, बुधबार २०:४९ मा प्रकाशित (४ साल अघि) ६३८ पाठक संख्या
काठमाडौँ, लायन्स क्लव इन्टरनेशनलले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि  स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।
लायन्स क्लव इन्टरनेशनल डिस्ट्रि ३२५ए १ जोन ७ को संयोजन र रमाइलो समाजको सहकार्यमा कागेश्वरि मनोहरा नं पा. ६ मा ला. क्लव साहस, लायन्स क्लव पद्ममश्री, ला. क्लव गौरव शालि, ला. क्लव स्विट सिटि र बुढानिलकन्ठ सिटिको संयुक्त प्रयासमा ८०० जना लाई माक्स र कोरोनाकाे रोध प्रतिरोधात्मक क्षमता बढाउने औषधी बितरण गरेको छ ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) हाल नेपालमा पनि फैलिरहेको र सङ्क्रमित हुनेहरूको संख्यामा दैनिक बृद्धि हुँदै गएको छ । बितरण कार्यक्रममा बोल्नु हुँदै जोन चियर पर्सन बिष्णु खड्काले “संक्रमण रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सामग्री सहयोग गरिएको बताउनु भयो ।’’
यसबाहेक पनि क्लबले विभिन्न ठाउँमा अलपत्र परेकाहरुलाई खाद्यान्न एवं अत्यावश्यक सामग्रीहरु उपलब्ध गराउँदै आएको खड्काले जनाएको छ ।