काठमाडौं भाद्र ३१। “सामाजिक दुरी कायम गरि सुरक्षित तरिकाले रक्तदान गरौ ‘ तपाइको एक थोपा रगतले कसैको जीवन बचाउन सक्छौ “ भन्ने मूल नाराको साथमा कोरोना रोकथाम, व्यवस्थापन तथा असर न्यूनीकरण युवा समूहले प्रथम रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
असोज १ गते गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान स्थित देबी बाल सुधार माबीको प्राङ्गणमामा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवरले बिहान ८ बजे देखि संचलान गर्न लागेको सो रक्तदान कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।‘प्रत्येक स्वस्थ व्यक्तिले आफ्नो १८ बर्षको उमेर संगै रक्तदान सुरुवात गरौ’ भन्दै आयोजकले इच्छुक व्यक्तिले रक्तदान गर्नको लागि निम्न नम्बरमा नाम टिपाउन समेत अनुरोध गरेको छ ।
सम्पर्क नं
९८६९५२५०७८
९८४९०६०४३९
९८१३८०७०२५