आज: १४ बैशाख २०८२, आईतवार | Sun, 27, Apr, 2025

काठमाडौं उपत्यकामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु (विवरणसहित)

गोकर्णेश्वर खबर२९ भाद्र २०७७, सोमबार १७:०५ मा प्रकाशित (४ साल अघि) ३३८ पाठक संख्या

काठमाडौं, २९ भाद्र । उपत्यकामा बितेको २४ घन्टाभित्र आठ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज एक महिलासहित सातजनाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु हुनेहरुमा काठमाडौंका ६ जना, ललितपुर र भक्तपुरका एक एक जना छन् । आज मृत्यु हुनेहरुमा ललितपुरका ५५ वर्षय पुरुषबाहेक सात जना वृद्धवृद्धा छन् ।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ वृद्धि भइरहेको छ ।

मृतकको विवरण
१. काठमाडौंकी ६१ वर्षीया महिला
२. काठमाडौंका ७७ वर्षीय पुरुष
३. काठमाडौंका ६२ वर्षीय पुरुष
४. काठमाडौंका ७३ वर्षीय पुरुष
५. काठमाडौंका ८५ वर्षीय पुरुष
६. काठमाडौंका ७० वर्षीय पुरुष
७. ललितपुरका ५५ वर्षीय पुरुष
८. भक्तपुरका ७३ वर्षीय पुरु