आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर तथा लियो क्लब अफ गोकर्णेश्वरद्वारा बौद्ध प्रहरी बृतलाई स्वास्थ्य सामग्री हस्तान्तरण

गोकर्णेश्वर खबर२९ भाद्र २०७७, सोमबार १४:२३ मा प्रकाशित (४ साल अघि) ५७३ पाठक संख्या

भाद्र २९,  काठमाडौँ, लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर तथा लियो क्लब अफ गोकर्णेश्वरको सहयोगमा बौद्ध प्रहरी बृतमा सर्जिकल मास्क, संक्रमण नियन्त्रण सफाइ रसायन क्लोरिन झोल  सामग्री सहायोग गरिएको छ ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) हाल नेपालमा पनि फैलिरहेको र सङ्क्रमित हुनेहरूको संख्यामा दैनिक बृद्धि हुँदै गएको छ । हतान्तरण कार्यक्रममा बोल्नु हुँदै लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका प्रेसिडेन्ट लायन सुमन तिवारीले “संक्रमण रोकथाम तथा नियन्त्रणको लागि उच्च जोखिम मोलेर अग्रपंतिमा दैनिक खट्टिनु हुने प्रहरीको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्य सामग्री सहयोग गरिएको बताउनु भयो ।’’

कार्यक्रममा डिस्ट्रिक गभर्नर टंकबहादुर श्रेष्ठ पीएमजेएफ, पूर्व डिस्ट्रिक गभर्नर एवम् हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल, पूर्व डिस्ट्रिक गभर्नर हंगर रिलिफ मल्टिपल काेअर्डिनेटर कुमारराज सुवेदी, जी एम टि  लायन धर्म शरण श्रेष्ठ , लायन पूर्ण , लायन विष्णुभाई श्रेष्ठ तामाङ् , लियो क्लब अफ गोकर्णेश्वर का पदाधिकारीहरु उपस्थिति रहेको थियो ।