काठमाडौं – कोरोना कहरका कारण काठमाडौं उपत्यका सहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै मासिक १०० अभियान नेपाल , गोकर्णेश्वर एकता समाज, बेशीगाउं दाजुभाई सहकार्यको संयुक्त आयोजना र गोकर्णेश्वर नगरपालिका वडा नं ८ को सहयोगमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ८ सरस्वती माबि, बेसिगाउँमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो, जसमा आज ६४ पिन्ट रगत संकलन भएको मासिक १०० अभियान नेपालका अध्यक्ष सन्जय पोखरेलले जनकारी दिनु भएको हो ।
आर्को हप्ता गो न पा २, नयापाटि चोकमा रक्तदान कार्यक्रम गर्ने अध्यक्ष हुने पोखरेलले जनाएको छ । उक्त कार्यक्रममा सहभागी भइ रक्तदान गर्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा न ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, ब्लोदान नेपालका केन्द्रिय सदस्य बालकृष्ण श्रेष्ठ, गोकर्णेश्वर एकता समाजका अध्यक्ष संजय श्रेष्ठ, मासिक १०० अभियान नेपालका अध्यक्ष सन्जय पोखरेल उपस्थिति रहेको थियो ।