काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमार्फत ५ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।
बिहीबार १ महिला र ४ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।