आज: २४ चैत्र २०८१, सोमबार | Mon, 07, Apr, 2025

गोकर्णेश्वर नगरपालिकाको कुन वडामा कति हिउँदे तरकारीको बिउ व्यवस्था गरियो ?

गोकर्णेश्वर खबर२५ भाद्र २०७७, बिहीबार १३:५३ मा प्रकाशित (४ साल अघि) ९०६ पाठक संख्या

काठमाडौं ,भाद्र २५ । गोकर्णेश्वर नगरपालिका कृषि विकास शाखाले २०७७/७८ सालको हिउँदे सिजनका तरकारीका मिनीकिट बिउ तथा परिणाममा वडा कार्यलयहरुमा व्यवस्था मिलाएको बारे सार्वजनिक सुचना जारि गरेको छ । कृषि विकास शाखाका अधिकृत टंकनाथ घिमिरे द्वारा जारि गरेको सो सुचनामा वडा गत रुपमा निम्न परिणाममा हिउँदे सिजनका तरकारीका मिनीकिट बिउ व्यवस्था गरेको जानकारी गराइएको उक्त परिमाण निम्न रहेको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं १-  ५ सय सेट

गोकर्णेश्वर नगरपालिका वडा नं २ – ५ सय सेट

गोकर्णेश्वर नगरपालिका वडा नं ३ –  ६ सय सेट

गोकर्णेश्वर नगरपालिका वडा नं ४ – ५ सय सेट

गोकर्णेश्वर नगरपालिका वडा नं ५ –  २ सय सेट

गोकर्णेश्वर नगरपालिका वडा नं ६ –  ४ सय सेट

गोकर्णेश्वर नगरपालिका वडा नं ७ –  २ सय ५० सेट

गोकर्णेश्वर नगरपालिका वडा नं ८ –  ४ सय सेट

गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा ४ सय सेट व्यवस्था मिलाइएको जानकारी गराएको छ । हाल नगरपालिकाका माथि उल्लेखित वडा बाट अहिले हिउँदे सिजनका तरकारीका मिनीकिट बिउ वितरण कार्य भईरहेको र बिउ नपुगेमा वडाको मागको आधारमा कृषि शाखाले  थप बिउ बिजन व्यवस्था गर्ने पनि जानकारी गराएको छ ।