आज: १३ बैशाख २०८२, शनिबार | Sat, 26, Apr, 2025

मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वर नगर कमिटिको रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर२३ भाद्र २०७७, मंगलवार २०:४० मा प्रकाशित (४ साल अघि) ५९८ पाठक संख्या

काठमाडौं ,भाद्र २३ / मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा गोकर्णेश्वर नगरपालिका जोरपाटी नारायणटारको इस्टपोल मावीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो, जसमा आज ७५  जनाले रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रममा  नेपाल कम्युनिस्ट पार्टी काठमाडौंका अध्यक्ष तथा मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य कृष्ण राई ,बागमती प्रदेस सभा सदस्य तथा मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निरौला ,जिसस काठमाडौं सदस्य तथा फाउन्डेसन काठमाडौंका उपाध्यक्ष उद्दव भण्डारी ,नेकपा गोकर्णेश्वरका अध्यक्ष उद्दव बिस्ट लगायतको उपस्थिति रहेको थियो ।