काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर कोरोना संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १ सय १ जना, भक्तपुरमा २६ जना र लतिलपुरमा २१ जनासहित जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
कोरोना संक्रमितको संख्या ४८ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर ९ सय २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका ९ सय २ जनासहित देशभर संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको जानकारी दिए ।
कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ६ पुगेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।