आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

गोकर्णेश्वरको आरुबारी डांडागाउमा आफ्नो घर आफैंले भत्काएर सडक विस्तारमा सहयोग

गोकर्णेश्वर खबर२३ भाद्र २०७७, मंगलवार ११:४४ मा प्रकाशित (४ साल अघि) ८३४ पाठक संख्या

काठमाडौं,भाद्र २३।  गोकर्णेश्वर नगरपालिका वडा नं  ६ र  ८ को सिमाना  आरुबारी  डांडागाउमा  एक व्यक्तिले सडक विस्तारको लागि आफ्नो घरको छत भत्काएर सहयोग गरेका छन् ।

ट्याक्सी, एम्बुलेन्स समेत छिर्न मुस्किल पर्ने  मोड़मा रहेको ज्यामयाङ लामाको घरका कारण विपद व्यवस्थापनमा समेत बाधा उत्पन्न हुने देखिए पश्चात आरुबारी डाँडा गाउ टोल सुधार समितिले घर भत्काउन गरेको अनुरोध लाइ स्वीकार गर्दै उनले सोमबार  बाटो सहजीकरणका लागि  आफ्नै घरको छत भत्काएर बाटो विस्तारमा सहयोग गरेका  हुन्  ।

राज्यले समेत गर्न नसकेको काम डाँडागाउ टोलसुधार समितीको अनुरोधमा सडक विस्तारमा सहयोग गरेको भन्दै उनलाई डाँडा गाउ टोल सुधार समितिले सम्मान समेत  गरेको छ ।

उनलाई गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल वडा नं ८ का वडा सदस्य द्वय नन्दलाल श्रेष्ठ ,डम्बर बहादुर श्रेष्ठ , आरुबारी  डाँडागाउ टोल सुधार समितिका अध्यक्ष राजेश दाहाल लगायतले धन्यबाद सहित सम्मान गरेका हुन् ।