आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति सहित विभिन्न संघ सस्थाले दक्षिणढोकामा रक्तदान कार्यक्रम गर्दै

गोकर्णेश्वर खबर२२ भाद्र २०७७, सोमबार २२:२६ मा प्रकाशित (४ साल अघि) ५७३ पाठक संख्या

 २१ भाद्र  / काठमाडौं – गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र  विभिन्न संघ सस्थाको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ ।

कोरोना कहरका कारण काठमाडौं उपत्यकासहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र दक्षिणढोका उत्थान युवा क्लब , मुलढोका एकीकृत युवा क्लबको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ ।

कोरोना कहरका कारण काठमाडौं उपत्यकासहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र र दक्षिणढोका उत्थान युवा क्लब , मुलढोका एकीकृत युवा क्लबको संयुक्तको संयुक्त आयोजनामा भाद्र २६ गते शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त  रक्तदान कार्यक्रम गोकर्णेश्वर नगरपालिका  वडा ७ दक्षिणढोका चोकमा विहान ८ बजे देखी  आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले संचालन गर्न लागिएको  गोकर्णेश्वर नगरपालिका स्वयंसेवक समितिका संयोजक दिपक लामाले जनकारी दिनु भएको हो ।

सो रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरि मानवीय पुण्य आर्जन गर्न अनुरोध गरेका छन् ।