आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति सहित विभिन्न संघ सस्थाले ( आज ) बेशिगाउको GMB पेट्रोल पम्पमा रक्तदान कार्यक्रम गर्दै

गोकर्णेश्वर खबर२१ भाद्र २०७७, आईतवार ०७:१७ मा प्रकाशित (४ साल अघि) ५४७ पाठक संख्या

 २१ भाद्र  / काठमाडौं – गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र  विभिन्न संघ सस्थाको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ ।

कोरोना कहरका कारण काठमाडौं उपत्यकासहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र छहारी युबा क्लब, आत्तरखेल युबा समाज, आत्तरखेल महिला समाज, बेशिगाउ युबा समुह तथा बेशिगाउ महिला समुहको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ ।

कोरोना कहरका कारण काठमाडौं उपत्यकासहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र छहारी युबा क्लब, आत्तरखेल युबा समाज, आत्तरखेल महिला समाज, बेशिगाउ युबा समुह तथा बेशिगाउ महिला समुहको संयुक्त आयोजनामा भाद्र २१ गते आइतबार( आज )  रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त  रक्तदान कार्यक्रम गोकर्णेश्वर नगरपालिका  वडा ८ स्थित बेशिगाउको GMB पेट्रोल पम्पमा विहान ८ बजे देखी  आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले संचालन गर्न लागिएको  गोकर्णेश्वर नगरपालिका स्वयंसेवक समिति रक्तदान कार्यक्रम उप समितिका संयोजक बृजु शाहीले जनकारी दिनु भएको हो ।

सो रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरि मानवीय पुण्य आर्जन गर्न अनुरोध गरेका छन् ।