आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

आत्तरखेल यूवा समाज र आत्तरखेल महिला समाजको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम

गोकर्णेश्वर खबर२० भाद्र २०७७, शनिबार १९:२२ मा प्रकाशित (४ साल अघि) ५०९ पाठक संख्या

काठमाडौँ, भाद्र २०। आत्तरखेल यूवा समाज र आत्तरखेल महिला समाजको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित आत्तरखेलमा विहान ८ बजे देखी १० बजे सम्म आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले संचालन गर्न लागिएको आत्तरखेल यूवा समाजका सचिव दिनेश राईले जनकारी दिनु भएको हो । सो रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरि मानवीय पुण्य आर्जन गर्न अनुरोध गरेका छन् ।

कोरोना महामारीको कारण सरकारले गरेको निषेधाज्ञाको कारण भएको रगतको अभाबलाइ पुरा गर्न केहि भए पनि सहयोग हुने बिश्वासका साथ रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको सचिव दिनेश राईले बताएको छ।