आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

गोकर्णेश्वरको गोकर्ण मार्टले “हुनेले राखेर जाउँ, नहुनेले लिएर जाऔं” खाद्यान्न बैंक शुरु

गोकर्णेश्वर खबर२० भाद्र २०७७, शनिबार १६:२५ मा प्रकाशित (४ साल अघि) ९३७ पाठक संख्या

काठमाडौं,भाद्र २०। गोकर्णमा विपन्नलाई राहत दिनका लागि खाद्यान्न बैंक शुरुवात गरेको छ ।

कोरोनाका कारण सिर्जना भएको बन्दाबन्दी र निषेधाज्ञाका कारण काम गर्ने अवसर नपाएर समस्यामा परेका गरिब, विपन्न तथा असहाय नागरिकलाई विषम परिस्थितिमा भोकै बस्न नपरोस् भन्ने उद्देश्यले  गोकर्णको हनुमान चोकमा गोकर्ण मार्टले (फुड बैंक) शुरु गरेको छ ।

कोरोनाका कारणले काम गर्न नपाएर साँझ बिहान हातमुख जोर्न समस्यामा परेका नागरिकलाई मध्यनजर गर्दै ‘फुड बैंक’ स्थापना गरिएको गोकर्ण मार्टले जनाएको छ। गोकर्ण मार्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत फुड बैक स्थापना गरेको जानकारी गराएको छ ।मार्टले ‘हुने खानेले हुँदा खानेलाई हुनेले दिएर जाऊ, नहुनेले लिएर जाऔं’ भन्ने अभियानका साथ फुड बैंक स्थापना गरी सहयोग गर्न थालेको हो ।