आज: १३ फाल्गुन २०८१, मंगलवार | Tue, 25, Feb, 2025

अर्थमन्त्री खतिवडाद्वारा राजिनामा

गोकर्णेश्वर खबर१९ भाद्र २०७७, शुक्रबार १३:३९ मा प्रकाशित (४ साल अघि) ३७२ पाठक संख्या

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजिनामा दिनुभएको छ । मन्त्री खतिवडाले राष्ट्रिय सभाको कार्यकाल सकिएपछि शुक्रबार राजिनामा दिनुभएको हो ।

दुई वर्षका लागि राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएका खतिवडाको कार्यकाल शनिबार सकिँदै छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठक खतिवडाका लागि अन्तिम बनेको छ ।

अर्थमन्त्रीमा रहँदा विभिन्न बाधाअड्चन खेप्नुभएका खतिवडाले पछिल्लो समय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आउनुभएको थियो ।