आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

गोकर्णेश्वर खबर१९ भाद्र २०७७, शुक्रबार १३:१५ मा प्रकाशित (४ साल अघि) २२८ पाठक संख्या

काठमाडाैं : मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसिरहेको छ। बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। आजको बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने बताइएको छ।

नेकपा सचिवालय बैठकले बिहीवार राष्ट्रिय सभामा रिक्त पदमा गौतमलाई पठाउने निर्णय गरेको थियो।

त्यस्तै आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिने तयारी गरेका छन्। उनले आजकै बैठकमा राजीनामा दिने तयारी गरेका हुन्। ६ महिनादेखि सांसद बिहीन भएका खतिवडा राष्ट्रिय सभामा गौतमलाई सिफारिस गरेपछि मन्त्री पदबाट बाहिरिने भएका हुन्।

खतिवडाको मन्त्री पदको म्याद भोलिबाट सकिँदैछ।