काठमाडौँ, भाद्र १८ । गोकर्णेश्वर नगरपालिका अत्तरखेल स्थित नेपाल मेडिकल कलेजको आइसोलेसन बाट कोभिड– १९ लाई जितेर भाद्र १७ गते बुधबार गोकर्णेश्वर वडा नं ४ का कोरोना संक्रमित धुर्ब नापित सहित ५ जना घर फर्किएका छन् । उनीहरू भाद्र ४ गते कोरोना संक्रमण पुष्टि भएका थिए ।
बाँकी १७ जना कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । कोरोना जितेका संक्रमितहरुलाई नेपाल मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुले कोरोना जितेकोमा बधाई सहित खादा लगाएर बिदाइ गरेका थिए ।