काठमाडौं -काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना गरी जम्मा ३८८ जना संक्रमित थपिएका छन् ।
यसअघि मंगलबार (हिजो) काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरी जम्मा ४८१ जना संक्रमित थपिएका थिए ।
मन्त्रालयका अनुसार मुलुकभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ ।