आज: २३ चैत्र २०८१, आईतवार | Sun, 06, Apr, 2025

गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र नयाँ बस्ती यूवा क्लबले भोली (बुधबार) रक्तदान कार्यक्रम गर्दै

गोकर्णेश्वर खबर१६ भाद्र २०७७, मंगलवार १९:३४ मा प्रकाशित (४ साल अघि) ५५५ पाठक संख्या

१६ भाद्र / काठमाडौं – गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समितिले विभिन्न संघ सस्थाको संयुक्त आयोजनामा सप्ताहव्यापि आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ ।

विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस माहामारी नियन्त्रणका लागि सरकारले लागु गरेको निषेधाज्ञाको कारण रक्त संचार केन्द्रमा भएको रगत अभाबलाइ परिपूर्ति गर्न सहयोग पुगोस भनेर भाद्र १७ गते बुधबार गोकर्णेश्वर नगरपालिका जोरपाटी नयाँबस्ति स्थित नयाँ बस्ति युवा क्लबको प्राङ्गणमा नयाँ बस्ती यूवा क्लब , मानव अधिकार तथा शान्ति समाजको संयुक्त आयोजनामा सुरक्षित तवरले बिहान ८ ः०० बजे देखि शुरुहुने उक्त कार्यक्रममा सहभागी भइ रक्तदान गर्न  समेत आयोजकहरुले आग्रह गरेका छन् ।