आज: १३ माघ २०८१, आईतवार | Sun, 26, Jan, 2025

कोरोनाबाट पूर्वन्यायाधीश चालिसेको मृत्यु

गोकर्णेश्वर खबर१६ भाद्र २०७७, मंगलवार १८:१६ मा प्रकाशित (४ साल अघि) ३१५ पाठक संख्या

काठमाडौं – कोभिड १९ संक्रमणबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ । उनमा लामो समयदेखि मुटुको समस्या थियो। पछिल्लो समय मुटुकै उपचारका लागि गंगालाल अस्पतालमा भर्ना गरिएका उनको आज बिहान मृत्यु भएको हो।

उनका भाइ कृष्णराज चालिसेका अनुसार मुटु रोगको उपचार गराइरहेका बेला आज बिहान निधन भएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका थिए। उनी ७० वर्षका थिए।

पाँच दिन अघि शहीद गंगालाल अस्पतालमा भर्ना भएका उनको आज मृत्यु भएको काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपक केसीले बताए । केसीका अनुसार चालिसेको उपचारकै क्रममा कोरोना भाइरस देखिएको थियो ।

उनको शवलाई नेपाली सेनाको टोलीले अन्त्येष्टि गर्ने छ।