आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

कोरोना संक्रमणबाट चितवनमा थप तीन जनाको मृत्यु

गोकर्णेश्वर खबर१६ भाद्र २०७७, मंगलवार ०९:०८ मा प्रकाशित (४ साल अघि) २८८ पाठक संख्या

चितवन । चितवनमा सोमबार मृत्यु भएका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जनाको कोरोना भाइरसका कारण मृत्यु भएको अस्पतालले जनाएको हो ।

अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा राति गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिला रहेका छन ।

मृतकहरु सबैमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । तर दुई दिन अघिसम्म उनीहरूमा कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या नदेखिएको आफन्तले बताएका छन ।

एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भइसकेपछि नमूना संकलन गरिएको थियो ।

यसअघि, सोमबार बिहानै भरतपुर अस्पतालमा एक जना ७८ वर्षका कोरोना संक्रमित वृद्धको मृत्यु भएको थियो ।

योसँगै चितवनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् ।

बाँकी मकवानपुरका तीन, बारा, गोरखा, नवलपरासीका १–१ जना रहेका छन् ।