आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

काठमाडौं उपत्यकामा झण्डै ५ हजार कोरोना संक्रमित : कुन-कुन क्षेत्र धेरै प्रभावित ?

गोकर्णेश्वर खबर१६ भाद्र २०७७, मंगलवार ०६:०२ मा प्रकाशित (४ साल अघि) ९५८ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि पनि रेकर्ड संक्रमित फेला परेका छन् । हिजो उपत्यकामा ४ सय २९ जनामा संक्रमण फेला पर्यो, यो उपत्यकामा एकदिनमा देखिएको सबैभन्दा धेरै संक्रमितको संख्या हो ।

काठमाडौं, भक्तपुर र लतिलपुरमा निषेधाज्ञापछि पनि निरन्तर संक्रमितको संख्या बढेको छ । संख्यात्मकरुपमा शनिबार कम संक्रमित फेला परे पनि आइतबारको संख्याले उपत्यकाबासीलाई त्रसित बनाएको छ ।

काठमाडौं उपत्यकामा अहिले संक्रिय संक्रमितको संख्या झण्डै ५ हजार रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ९ सय २०, ललिपुरमा ५ सय ४४ र भक्तपुरमा ४ सय २० जना संक्रमित छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेका संक्रमित व्यवसायी, कर्मचारी, विद्यार्थी, स्वास्थ्यकर्मी, पत्रकार र सुरक्षाकर्मीहरु धेरै छन् ।

महाशाखाका अनुसार नक्साल, कोटेश्वर, कलंकी, कालिमाटी र बानेश्वर क्षेत्रमा संक्रमितको संख्या धेरै छ । यी क्षेत्रमा धेरै सतर्कता अप्ताउनु पर्नेमा मन्त्रालयले जनाएको छ ।

कन्ट्याक्ट ट्रेसिङमा फेला परे पनि व्यापक परीक्षण भने अहिलेसम्म हुन सकेको छैन । उपत्यकामा फेला परेका संक्रमितमध्ये पछिल्लो दिन लक्षण भएका संक्रमित धेरै देखिन थालेका छन् । अहिले २० प्रतिशतसम्म लक्षण भएका संक्रमित फेला परेका छन् ।